काठमाण्डौ । देशभित्र आउनेभन्दा बाहिरिने रकम(शोधानान्तर घाटा) बढ्दै गएको छ । योसँगै व्यापार घाटामा समेत तीव्र बढोत्तरी भइरहेको छ ।
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको १० महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको समीक्षा सार्वजनिक गर्दै शोधानान्तर निरन्तर बढिरहेको बताएको हो ।
चैतमा रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको शोधानान्तर स्थिति बैशाखमा रु.६८ अर्ब २० करोडले घाटामा रहेको छ । यसरी शोधानान्तर घाटा एक महिनामै करिब ४ अर्बले बढेको देखिएको छ ।
पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेका कारण शोधानान्तर घाटा बढिरहेको केन्द्रीय बैंकको विश्लेषण छ ।
आर्थिक वर्ष २०७५÷७६ को दश महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर रु.११७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.२२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ ।
चैतमा चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको थियो ।
यसैगरी, समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.७ प्रतिशतले विस्तार भई रु.१०९९ अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।
नौ महिनामा कुल वस्तु व्यापार घाटा २१.६ प्रतिशतले विस्तार भई रु.९९१ अर्ब ८१
करोड पुगेको थियो । एक महिनामै व्यापार घाटा १०८ अर्बले बढेको देखिन्छ । यो भनेको निकै भयावह स्थिति हो ।
विप्रेषण आप्रवाहको अवस्था
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भई रु.७२५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।
चैतमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भई रु.६५३ अर्ब १९ करोड पुगेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago