काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राम्रो प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.३० प्रतिशतले वृद्धि गरेको हो । 

अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ अर्ब ९ करोड रुपैयाँ खूद नाफा रहेकोमा यो वर्ष बढाएर १ अर्ब ६२ करोडको उचाईमा पुर्याएका हो । 

बैंकले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार यो अवधिमा १ खर्ब १६ करोड निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ९८ अर्ब ६ करोड निक्षेप संकलन गरी ७७ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब ६७ करोड रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर २ अर्ब ३७ करोड पुुगेको हो । 

बैंकको चुक्तापूँजी ८ अर्ब ७० करोड रहेको छ भने जगेडा कोषमा ९ अर्ब २९ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो बैंकले एस डेभलपमेन्ट बैंकलाई अक्वायर गर्दैछ । 

बैंकले निस्क्रिय कर्जाको अनुपातलाई पनि घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा १.१० प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर यो वर्ष ०.७० प्रतिशतमा ल्याइएको छ । यो अवधिमा बैंकको बार्षिकीकृत प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६८ पैसा, प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १८.९८ गुणा कायम भएको छ ।