काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको सानोभर्याङमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

साउन १३ गते सोमबार एक समारोहका बीच बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १६ मा अवस्थित सानो भर्याङमा स्थापित शाखाबाट औपचारिक कारोबार थालिएको हो । 

यो नयाँ शाखासहित बैंकको शाखा सञ्जाल संख्या ९७ पुगेको छ । 

बैंकले आगामी दिनमा समेत संभावित क्षेत्रमा आफ्नो शाखा बिस्तार गर्ने रणनीति लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।