काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गरेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा ७७.७५ प्रतिशले खुद नाफा बढाउन सफल भएको छ।

चौथो त्रैमास विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ९ करोड ४७ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले ब्याज आम्दानी ३६ करोड ९८ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षमा २३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यवसाय विस्तारले गति लिएको देखिन्छ । 

संस्थाको सञ्चालन मुनाफा २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८५ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ४ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ४१ लाखमा सीमित थियो। 

यस अवधिमा संस्थाले २ अर्ब ९७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा २ अर्ब ५३ करोड सापटी लिई ३ अर्ब ३८ करोड ऋण प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोष ३३ करोड ९० लाख रुपैयाँको पुर्याएको छ । अघिल्लो वर्ष यो कोषको आकार १५ करोड ८५ लाख रुपैयाँको थियो। समीक्षा अवधिमा बैंकले जगेडा कोषमा ११३.८३ प्रतिशतले वृद्धि गरेको हो । 

संस्थाको प्रतिसेयर आम्दानी २५.४८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १९.२३ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४९.०३ रुपैयाँ रहेको छ ।