काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको झन्डै ४ दशक पुरानो बास्केटबल जर्सी लिलामीमार्फत बिक्री भएको छ ।
अमेरिकास्थित हेरिटेज अक्सन हाउसले ओबामाको ३९ वर्ष पुरानो जर्सी लिलाममार्फत १ लाख २० हजार अमेरिकी डलर अर्थात १ करोड ३७ लाखभन्दा बढी मूल्यमा बेचिदिएको हो । अक्सन हाउसका अनुसार २३ नम्बरको उक्त जर्सी ओबामाले सन् १९७८ देखि १९७९ को बीच १८ वर्षको उमेरमा स्कुलमा बास्केटबल खेल्न प्रयोग गरेका थिए । यो जर्सी सोही स्कुलमा ओबामाका जुनियर पिटर नोबलले अक्सनमा राखेका हुन् ।
बिक्नुअघि जर्सीको न्यूनतम मूल्य १ लाख डलर तोकिएको थियो । जर्सी खरिद गर्न करिब २७ जनाले बोली लगाएका थिए । अन्तमा एक अमेरिका र खेल कलाकृतिसम्बन्धी संग्रहकर्ताले जर्सी किन्न सफल भए। उनको नाम भने खुलाइएको छैन ।
पूर्वराष्ट्रपति ओबामालाई बास्केटबल खेल निकै मन पथ्र्यो । उनी ह्वाइट हाउसमा पनि आफ्ना स्टाफ, सेलिब्रिटिज र आफन्तसँग आफ्ना कार्यकाल रहेको अवस्थामा यो खेल खेल्दै गरेको थुप्रैपटक देखिएका थिए । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago