काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर ६ स्थित तीनचुलीमा शाखा कार्यालय स्थापना गरी सोमबारदेखि औपचारिक कारोबार थालेको छ । 

एक समारोहका बीच सो शाखाको प्रमुख अतिथिको रुपमा नाम्ग्याल ज्याङ्छुन छ्योलिङ गुम्बका रिम्पोछे लोसाङ नँमगेलले दीप प्रज्वलन गरी सो शाखाको उद्घाटन गरेका थिए । 

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको बताएका थिए । सो क्रममा उनले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

योसहित बैंकको शाखा सञ्जाल संखया ९९ पुगेको छ भने ३५ वटा एटीएममार्फत समेत सेवा दिंदै आएको छ । बैंकमा ग्राहक संख्या करिब ५ लाख रहेको छ ।