काठमाण्डौ । अब ट्राफिकजामको झञ्झट हुने छैन । किनभने चाँडै बजारमा यस्तो कार आउँदैछ, जुन सडकमा मात्र होइन, आकाशमा पनि कुद्नेछ ।

आकाशमा उड्ने कारको सपना सन् २०२० मा पूरा हुन भएको छ । दुई सिटे यो कार सन् २०१७ मा सोकेश गरिएको थियो । यो कारलाई स्लोभाकियाको कम्पनी एरोमोविलले बनाएको हो । 

कारको मूल्यको विषयमा अझैसम्म पनि कुनै खुलासा नभइसकेको एजेन्सीहरुले जनाएका छन् । यो कारमा एक अल्टालाइट तथा अर्को स्पोर्टस कार दुवैको विशेषता हुनेछ । 

कारका सौखिनहरुले आगामी वर्षदेखि उड्ने कार खरीद गर्न सक्नेछन् । यो कारले एक ट्यांकी पेटोल भरेपछि ४३० माइलसम्मको यात्रा पूरा गर्न सक्नेछ । सडकमा यो कार प्रतिघण्टा १६० किलोमिटरको गतिमा कुद्नेछ । तर, आकाशमा यसको गति बढेर प्रतिघण्टा २०० किलोमिटर हुनेछ । हावामा उड्ने समयमा यसको दुईवटा पंखा फैलिनेछन् र जब सडकमा आउँछ, तब ती पंखालाई सहजै फोल्ड गर्न मिल्नेछ । 

कम्पनीका अनुसार यो उड्ने कारलाई उतार्नका लागि १५० फिटको घाँसे मैदान आवश्यक पर्छ । त्यस्तै, उडान भर्नका लागि ७५० फिटको खालि रोड चाहिन्छ । कम्पनीले भनेअनुसार यो कारलाई सन् २०२० मा अफिसियल्ली लञ्च गर्न सकिनेछ । यसले वैश्विकस्तरमै प्राइभेट ट्राफिकको नक्सालाई नै बदलिदिने अपेक्षा गरिएको छ । खास गरी यस्तो कारको यूरोपिय देशमा बढी जरुरत पर्नेछ । 

कार निर्माता कम्पनीका सीइओ जुराज वैकुलिकका अनुसार यसको खास विशेषता नै उडान भर्न र अवतरणका लागि हवाईअड्डाजस्तो ठाउँको आवश्यकता पर्दैन । कसैको ढोकै अगाडि समेत यसलाई अवतरण गर्न सकिनेछ । उनका अनुसार यो कार बजारमा आएपछि यातायात आवागमन सहज हुने र ट्राफिक जामको झञ्झट समेत अन्त हुने दाबी गरेका छन् । 

यो कारमा सुरक्षाको समेत विशेष प्रबन्ध गरिएको छ । यो कार अटोपाइलटको विशेषताबाट भरिपूर्ण छ भने आपतकालीन अवस्थामा यसमा प्यारासूटको समेत व्यवस्था गरिएको छ ।