काठमाण्डौ । लाभांशसहित विभिन्न अजेन्डा पारित गर्न माछापापुच्छ्रे बैंक लिमिटेडले असोज २४ गते वार्षिक साधारणसभा डाकेको छ ।
बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले २१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । वार्षिक साधारणसभा पोखरा पोखरा ग्रान्डमा हुनेछ ।
साधारणसभाले मुख्य प्रस्तावका रुपमा रहेको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनिएको ५% लाभांश पारित गर्नेछ । त्यस्तै नगद लाभांशका रुपमा वितरण गर्ने भनिएको ११% (लाभांश करसहित) को प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
बैंकको भदौ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को खूद नाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५% बोनस सेयर र ११% नगद लाभांश (करसहित) वितरणको निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
त्यस्तै बैंकले अर्को मुख्य प्रस्तावका रुपमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने प्रस्ताव पनि साधारणसभामा पारित गर्नेछ । यसका लागि बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्झौत ागर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको प्रतिसहि तगत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँडा तथा नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19