काठमाण्डौ । खोलाको बगर तथा खोल्साको जग्गा धितो राखी साढे ४ करोडभन्दा बढी ऋण प्रवाह गरी बैंकिङ कसुर गरेको आरोपमा बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) का तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । बैंकका तत्कालीन सीईओ श्रेष्ठ र अन्य कर्मचारीहरुलाई प्रभावमा पारी झापाको बिरिङ खोला बगरलाई धितो (नक्कली धितो) राखेर डेढ करोड ऋण लिने सुरेन्द्र श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुसँगै नक्कली धितो राखी ऋण लिने कार्यमा संलग्न बैंकका केही पूर्व तथा बहालवाला पाँचजना कर्मचारीहरुलाई समेत विभिन्न मितिमा नियन्त्रणमा लिइएको पाण्डेले जानकारी दिए ।
सीईओ श्रेष्ठसहितको गिरोहले झापालगायत देशका अन्य क्षेत्रका खोला, बगर तथा खोल्सालाई धितो कायम गरी साढे ४ करोड बढी ऋण लिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रवक्ता पाण्डेले जानकारी दिए । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19