काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने कार्यमा काम गर्दै आएको नशारहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एकलाख १ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको हो । 

नशारहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमकाबीच बैंकले सहयोग रकम बराबरको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

आउँदा दिनहरुमा समेत बैंकले यस्तै सामाजिक उत्तरदायीत्व बहन हुने गरी सहयोगहरु गर्ने जनाएको छ । 

हाल यो बैंकको देशभर ८२ शाखा, ७९ एटीएम, १०१ शाखारहित बैंकिङको सञ्जाल रहेको छ । बैंकको देशभर करिब ४ लाख ग्राहक छन् ।