काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आरम्भ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि यसअघि वितरण गर्न भनी प्रस्ताव गरेको लाभांशमा संशोधन गर्दै घटाएको छ ।

संस्थाले यसअघि कुल ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको थियो । तर राष्ट्रबैंकले घटाउन निर्देशन दिएपछि संस्थाले संशोधन गर्दै ७.७६ प्रतिशतमा झारेको हो ।

संस्थाको गत असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चक्तापुँजी ६ करोड ८ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.४२ प्रतिशतले हुन आउने २ लाख ५२ हजार ६३२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्रबैंकले त्यसमा संशोधन गर्न भनी संस्थालाई निर्देशनको थियो ।

राष्ट्रबैंकको निर्देशनपछि संस्थाको आज शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै चुक्तापुँजीको ७.३८ प्रतिशतले हुन आउने ४४ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर र बोसनसेयर कर प्रयोजनार्थ ०.३८ प्रतिशतले हुन आउने २ लाख ३३ हजार ५३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संशोधन गरी प्रस्ताव गरेको लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।