काठमाण्डौ । अस्ट्रेलियाको क्विङ्सल्यान्ड युनिभर्सिटीस्थित एउटा प्रयोगशालामा केही असामान्य नमुनाहरु संकलन गरेका छन् । यी नमुना अस्ट्रेलियाको २० प्रतिशतभन्दा बढी आवादीको मानव मलमूत्र हो ।
अस्ट्रेलियाभरबाट मानव मलमूत्र जलशोधन संयन्त्रबाट नमुना संकलन गरी तिनलाई चिसो बनाएर युनिभर्सिटीको शोकर्तालाई पठाइएको छ। यी नमुनालाई अस्ट्रेलियाका विभिन्न समुदायको आहार, औषधि र बानीका बारेमा जानकारी निकाल्ने खजानाका रुपमा लिइएको छ । यी नमुनाहरु सन् २०१६ मा अस्ट्रेलियामा भएको पछिल्लो राष्ट्रिय जनगणनाको समयमा मानिसको घरघरको नालीबाट जम्मा गरिएको थियो ।
रिसर्च फेलो जेक ओब्रायन र पीएचडी क्यान्डिडेट फिल चोइले अस्ट्रेलियाका विभिनन समुदायका आधार र जीवनशैलीसम्बन्धी बानीको मापनका लागि यी नमुनाहरुको विश्लेषण गरेका हुन् । सामाजिक र आर्थिक रुपमा सम्पन्न इलाकाहरुमा फाइबर (रेशेदार भोज), सिट्रस (अमिलो फल) र क्याफिन (चिया–कफी) को खपत अधिक देखिएको उनीहरु बताउँछन् । कम सम्पन्न इलाकाहरुमा चिकित्सकीय औषधिको खपत बढी देखिएको उनीहरु जानकारी दिन्छन् ।
संक्षिप्तमा भन्ने हो भने शोधकर्ताहरुले धनी समुदाय बढी खानापानमा ध्यान दिने र उनीहरुको आहार स्वस्थकर रहेको पाइएको बताए ।
शोधकर्ताहरुले पहिले नै सैद्धान्तिक रुपमा यस्तो किसिमको जाँच सम्भव भउको बताएका थिए । नालीको पानी जाँच गर्दा कुनै पनि समुदायको भोजन र औषधिको खपतबारे भरतपर्दो जानकारी आउन सक्ने उनीहरुको भनाइ थियो ।
चोई र ओब्रायनका अनुसार यस तरिकाले मानिसको जीवनशैलीमा भइरहेको बदलावको वास्तविक संकेत पाउन सकिन्छ । यसले सार्वजनिक स्वास्थ्य नीति बनाउन पनि मद्दत मिल्ने उनीहरुको दाबी छ ।
नालीको पानीको जाँच गरेर कुनै पनि समुदायको खानपान र औषधिको खपतबारे जानकारी निकाल्ने विज्ञानलाई अपशिष्ट जल महामारी विज्ञान भनिन्छ । यो विज्ञान करिब दुई दशकदेखि प्रयोगमा छ ।
युरोप, उत्तर अमेरिका र अन्य देशमा यो विज्ञानको प्रयोग विशेषगरी नश्ल औषधिको प्रयोगमा निगरानी राख्न गरिन्छ । निकोटिनजस्तो वैध औषधिको प्रयोगको निगरानीका लागि पनि यो विज्ञान काम लाग्छ ।
केही शोधकर्ताहरुले बिरामी फैलिनुअघि त्यसलाई पत्ता लगाउनेमा यसको प्रयोग गर्नेबारे सोचिरहेका छन् । तर मानिसको आहारका बारेमा पत्ता लगाउनका लागि यस किसिमको जाँच अहिलेसम्म सैद्धान्तिक नै थियो ।
आहार र औषधिको खपत पत्ता लगाउनका लागि सर्भेक्षण गरिन्छ । तर नालीको पानीको विश्लेषण गरेर कुनै खास जलग्रहण क्षेत्रमा त्यसको औसत उपयोगको मापन गर्न सकिन्छ । चोइका अनुसार सर्वेक्षणहरुमा औषधिको प्रयोग वा भोजनका बारेमा सोध्न मानिसले कहिलेकाहीँ आफ्नो वास्तविकताभन्दा बढी राम्रो रहेको बताउँछन् । मानिस स्वस्थ भोजनको खपतका बारेमा धेरै र सेक्सका बारेमा कम कुरा गर्छन् ।
ओब्रायनका अनुसार अपशिष्ट जलको विश्लेषण दुई प्रमुख तरिकाले उपयोग गर्न सकिन्छ । पहिलो समुदायबीच गैरबराबरी पहिचान गर्न र दोस्रो समयका साथ ती समुदायमा आउने बदलावमाथि नजर राख्न । ‘यदि तपाइँ सकारात्मक बदलावका लागि केही लागू गर्न गइरहनुभएको छ भने यी उपयहरुको सफलताको मापनमा सक्षम हुनु आवश्यक छ’, उनले भने।
नालीको पानीमा केवल मलमूत्रमात्र होइन त्यसमा पर्सनल केयर उत्पादन, भोजनका टुक्राहरु, औद्योगिक र व्यावसायिक फोहोर पनि हुन्छ । शोधकर्ताले भोजनको त्यो संकेत पत्ता लगाउनुथ्यो जसमा केवल मावन मलमूत्रमा हुन्छ ।
अध्ययनले फाइबरको खपतसँग जोडिएका दुई संकेतका उपयोग गर्यो । पहिलो बोटबिरुवा र अन्नमा पाइने र दोस्रो अमिलो फलफूलमा पाइने ।
फाइबर र अमिलो फल दुवै सेवन स्वस्थ आहारमा सामेल गरिन्छ । सामाजिक र आर्थिक उन्नति गरेका समुदायमा यी दुवै चिजको खपत बढी देखियो । उच्च सामाजिक तथा आर्थिक समूहमा भने क्याफिनको सेवन अधिक देखियो । खासगरी महँगा इलाकामा ।
दोस्रो अध्ययनले यो पुष्टि गर्यो कि स्नातक वा त्योभन्दा बढी डिग्री पाउनेहरु एस्प्रेसो र ग्राउन्ड कफीको सेवन बारम्बार गर्छन् ।
सामाजिक आर्थिक रुपमा कमजोर समुदायमा ट्रमाडोल (दुखाइ कम गर्ने), एटेनोलोल (हाई ब्लड प्रेस) र प्रेग्याबलिन (एन्टीसिजर) जस्ता औषधिको खपत अधिक देखियो । यीमध्ये एटेनोलो र प्रेग्याबलिन औषधिको वृद्धवृद्धा र कम आए भएका समुदायले बढी गरेको पाइएको छ ।
भिक्टोपिरयाको डिकिन युनिभर्सिटीमा महामारी विज्ञानकी प्रोफेसर क्याथरिन बेनेटका अनुसार यो अध्ययनलाई नयाँ स्तरमा लगिनुपर्छ । उनले भनिन्, ‘महामारी विज्ञानमा हामीले यो तरिकाले परिस्थितिको अध्ययन गर्न सक्छौँ । हामी व्यक्तिगत आँकडा नभएर सामूहिक आँकडाको अध्ययन गर्छौं ।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago