काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले कार्तिक २६ गते मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा    नं.–७, हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । 

सो शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले गरेका बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

कार्यक्रम विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरीउद्यमशीलताको विकास तथा नगरपालिकाभित्र विभिन्न व्यापार व्यवसायकोे विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजीप्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।