काठमाण्डौ । यदि हामी कुनै होटेल तथा रेस्टुराँमा चिया वा कफी पिउन गयौँ भने वेटरले काँच, प्लास्टिक वा कागजको कपमा अर्डर टक्र्याउँछन् । काँचको कप त चिया वा कफी उपभोग गरेपछि पुनः धोएर प्रयोगमा ल्याउन सकिन्छ तर प्लास्टिक र कागजको कप डस्बिनमा फालिन्छ ।
यसरी चिया वा कफी पिउँदा प्रयोग हुने प्लास्टिक र कागजको कप पुनः प्रयोगमा नआउँदा यसले वातावरणीय प्रदूषणलाई बढावा दिएको छ नै अर्कोतर्फ यी कपहरु डिस्पोज हुन सयौँ वर्ष लाग्ने गरेका छन् । अब यी यावत समस्यबाट पार लगाउन युरोपियन मुलुक न्युजिल्यान्डमा नयाँ प्रयोग गर्न थालिएको छ ।
न्युजिल्यान्डको राष्ट्रिय वायुुसेवा कम्पनी एअर न्युजिल्यान्डले प्लास्टिक र कागजका कपबाट हुुने फोहोर कम गर्न खान मिल्ने कपको प्रयोग परीक्षण सुरु गरेको छ ।
स्थानीय ट्वाइस कम्पनीले बनाएको कप भेनिला बिस्कुट फ्लेभरमा रहेको छ र यी कप चुहावट नहुने कम्पनीले दाबी गरेको छ ।
वर्षमा करिब ८० लाख कप खपत गर्ने गरेको एअर न्युजिल्यान्डले आफ्नो यो नवीन थालनीले कपबाट हुुने फोहोर कम गर्न महत्वपूर्ण योगदान दिने दाबी गरेको छ । कम्पनीले कपको परीक्षण जमिन र आकाश दुुवैमा गरेको जनाएको छ र यसलाई वातावरण संरक्षणको अभियानको दरिलो कदमको रुपमा अगाडि सारेको जनाएको छ । भविष्यमा कपलाई डेजटका रुपमा समेत प्रस्तुुत गर्ने योजनामा कम्पनी रहेको छ ।
एयरलाइन्सले खान मिल्ने कपलाई वातावरण संरक्षणको महत्वपूर्ण कदमको रुपमा बताइरहँदा उता वातावरण संरक्षणकर्मीहरु भने एयरलाइन्सले उत्सर्जन गर्ने हानिकारक ग्यासहरुको तुलनामा यो कदमले खासै अर्थ नराख्ने बताउँछन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago