काठमाण्डौ । छिमेकी मुलुक भारतका चर्चित बिजनेस टाइकुन रतन टाटा हिजो शनिबारबाट ८२ वर्षका भए । उनको जन्म १९३७ मा भएको थियो ।
टाटा गुप्रका पूर्वअध्यक्ष रतन टाटाले आफ्नो जीवनकालमा थुप्रै उपलब्धि तथा उचाइ हासिल गरेका छन् ।
रतन टाटाले सन् १९९० देखि २०१४ सम्म टाटा गुप्रका अध्यक्ष भई काम गरेका थिए । सन् २०१६ अक्टोबरदेखि फेब्रुअरी २०१७ सम्म पुनः अन्तरिम अध्यक्ष भएका थिए ।
भारतको व्यवसाय क्षेत्रमा रतन टाटाले पुर्याएको योगदानको कदर स्वरुप उनी भारत सरकारको सर्वाेच्च नागरिक सम्मान पद्म विभूषण र पद्म भूषणबाट सम्मानित भइसकेका छन् ।
एक सफल व्यवसायी, उद्यमी, लगानीकर्ता र परोपकारीको छवि बनाएका रतन टाटाको जीवनका केही रोचक पाटाहरु पनि छन् । जुन सबैलाई थाहा नहुन पनि सक्छ । यहाँ हामी टाटाका ती पाटाहरुलाई उजागर गर्ने कोसिस गर्दैछौँ ।
१. धेरैलाई थाहा नहुुन सक्छ कि रतन टाटा नवल टाटाका वास्तविक सन्तान होइनन् भनेर । खासमा नवल टाटाले रतनलाई बाहिरबाट ल्याएर पालेका थिए । त्यतिखेर रतन १० वर्षका थिए।
रतनका आमा–बुवा कुनै कारणवश एक–अर्काबाट अलग्गिन पुगे र उनी आफ्नो हजुरआमासँग बस्न थाले । पछि नवल टाटाले रतनलाई धर्मपुत्रका रुपमा घरमा भित्र्याए ।
२. रतन सन् १९६१ देखि नै आफ्नो खुट्टामा उभिन सुुरु गरिसकेका थिए । उनी त्यति बेलादेखि नै जागिर खान थालिसकेका थिए । आफनो मेहनत र क्षमताका कारण उनी मात्रै २१ वर्षको युवावस्थामै टाटा गुप्रको अध्यक्षजस्तो गरिमामय पदमा पुगे ।
३. गाडी निर्माता कम्पनी टाटा गुप्रका पूर्वअध्यक्ष रतन आफू पनि स्वयं गाडीका सौखिन छन् । उनीसँग अहिले लगभग ५०० गाडीको कलेक्सन छ । उनीसँग फरारी, मर्सडीज, क्याडिल्याकजस्ता महँगा र लक्जरी कारहरु पनि कलेक्सन रहेका छन् ।
४. परोपकारी भावनाका धनी टाटा जनावरप्रेमी पनि हुन् । उनलाई जनावर पाल्ने सौख पहिलेदेखि नै थियो । उनका साथमा अहिले पनि दुइवटा पाल्तु कुकुर छन् ।
मुम्बईमा रहेको टाटाको मुख्यालयमा जनावर प्रवेशका लागि खाली स्थान नै छुट्याइएको छ ।
५. अदम्य साहस भएका रतन एक त्यस्ता भारतीय हुन् जसले सबैभन्दा पहिले एफ १६ फाल्कन सुपरसोनिक फाइटर विमान उडाएका थिए । उनले २००७ मा यो लडाकु विमान उडाएका थिए ।
६. अहिले टाटा गुप्रमा ११० कम्पनी समावेश छन् । जसमा चियादेखि लिएर पाँचतारे होटल र नानो कारदेखि लिएर हवाईजहाजसम्म सामेल छन् । यी कम्पनीलाई अहिलेको यो सफल स्थानमा ल्याई पुर्याउन रतनको अहम् योगदान र परिश्रम रहेको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago