काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । 

लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि एक महिने विदामा बसेपछि रिक्त सो पदमा अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत भट्टलाई मंगलबारदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रबैंकले जनाएको छ । 

नवनियुक्त प्रवक्ता भट्टले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनका अनुसन्धान तथा खोजमा राम्रो दख्खल रहेको छ ।