काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका वित्तीय सूचक कतिपय वाणिज्य बैंकको भन्दा पनि सवल बनेका छन् । यो बैंकले दिनप्रतिदिन प्रगति गर्दै आकर्षण वित्तीय विवरण पस्किन थालेको छ । यो क्रमले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि निरन्तरता पाएको छ । 

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३४ करोड ३० लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

बैंकले  समीक्षा अवधिमा अन्य वित्तीय सूचकहरुमा पनि निकै राम्रो प्रगति गरेको देखिएको छ । 

यो अवधिमा बैंकले ४७  करोड २५ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ४२ करोड ९८ लाखमा सीमित थियो । 

बैंकले अघिल्लो वर्ष यही अवधिमा ६२ करोड ११ लाखमा सीमित संचालन मुनाफामा वृद्धि गरी ६७ करोड ४९ लाखको उचाईमा पुर्याएको छ । 

व्यवसाय विस्तारमा आक्रामक देखिएको बैंकले खूद ब्याज आम्दानीमा पनि निकै राम्रो बढोत्तरी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९१ करोड ९१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिसम्ममा १ अर्ब ९ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ४८ अर्ब २३ करोड बढी निक्षेप संकलन गरी ४५ अर्ब २० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४१ अर्ब ४७ करोड बढी निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म ६७ करोड ९१ लाख रुपैयाँमा सीमित रिजर्ब कोषको आकार बढी यो वर्ष ७९ करोड ९८ लाखको उचाईमा पुगेको छ । 
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दान ि२२.१३ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा २०.९२ रुपैयाँ मात्र थियो। 

अघिल्लो वर्ष ०.०५ प्रतिशत रहेको खराब कर्जा केही बढी ०.११ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड ८.६१ प्रतिशत, सीडी रेसियो ७७.९३ प्रतिशत, बेस रेट ११.१८ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ५.६६ प्रतिशत रहेको छ । 

मूल्य आम्दानी अनुपात १३.९२ गुणा(वार्षिक, प्रतिसेयर नेटवर्थ १२८.४७ रुपैयाँ, तरलता अनुपात २५.१५ रुपैयाँ र पूँजीकोष अनुपात १४.१५ प्रतिशत कायम भएको छ ।