काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले २५ औँ वर्ष पूरा गरेको अवसरमा बीओके सहज बचत खाता सार्वजनिक गरेको छ । 

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकहरुले मात्र रु.२५ मा नै खोल्न सक्नेछन् । 

उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्थासहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । खातामा वार्षिक ६ प्रतिशत ब्याजदर, त्रैमासिक ब्याज भुक्तानी सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, निःशुल्क मोवाइल बैंकिङको व्यवस्था र निःशुल्क इन्टरनेट बैंकिङको सुविधा रहेको बैंकले उल्लेख गरेको छ । 

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकको जीवन अझ सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।