विश्वमा केही देश कोरोना भाइरसको लडाईँमा बाँकी देशहरुलाई छाडेर निकै अघि बढेका छन् । यसमा न्यूूजिल्याण्डको पनि नाम समावेश हुुुन्छ । त्यहाँ ४ दिनदेखि लगातार कोरोनाभाइरसको घटनामा कमी आइरहेको छ । 

बिहीबार न्यूूजिल्याण्डमा कोरोना भाइरस संक्रमणका कुुल २९ नयाँ संक्रमित मात्र भेटिए । न्यूूजिल्याण्डमा हालसम्म कुुल संक्रमणका १ हजार ३३२ घटना देखिइसकेका छन् । हालसम्म यहाँ २ जनाको मृृत्युु पनि भइसकेको छ । कोरोना भाइरस संक्रमित ३१७ मानिस निको भएर घर फर्किएका छन् । 

न्यूूजिल्याण्डको कुुल जनसंख्या करिब ५० लाख छ । यहाँ १५ दिन लकडाउन पूूरा भइसकेको छ र कोरोनाभाइरसको लडाईँमा धेरै हदसम्म सफल पनि भएको देखिन्छ । 

न्यूूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले बिहीबार दिएको एक भाषणमा भनेकी छिन्-हामी विस्तारै विस्तारै संक्रमणलाई काबूमा ल्याउँदैछौ । र, हाम्रो योजनाले काम समेत गरिरहेको छ ।'

बाँकी देशहरु लकडाउन हटाउने र कोरोना भाइरसबाट केही हदसम्म राहत पाउने नियमहरु छोड्ने जस्ता कदमहरु चाल्न तयार छन् । तर न्यूूजिल्याण्डलाई भने यस विषयमा कुुनै हतारो नै छैनभन्दा पनि हुुन्छ । 

डेनमार्कमा कोरोना भाइरस संक्रमणको ५ हजार ५९७ मामला छ र २१८ जनाको मृत्युु भइसकेको छ । डेनमार्क भने कोरोना भाइरस मामलामा स्थिरता आएमा आगामी साताबाटै लकडाउन हटाउन सुुरु गर्ने योजनामा छ ।

यद्यपि न्यूूजिल्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डेनले बिहीबार भनेकी छिन्-'सीमानामा प्रतिबन्ध थप कडाइ गरिनेछ । आर्डेनले भनिन्, जो पनि देशभित्र बाहिरबाट प्रवेश गर्छन्,उनीहरुलाई दुुई हप्ता सरकारी सुुुविधामा क्वारेन्टाइनमा राखिनेछ । यो नियम सिर्फ न्यूूजिल्याण्डवासीका लागि मात्र लागूू हुुनेछ । बिदेशी नागरिकको प्रवेश मार्च २० देखि बन्द छ ।'

आर्डेनले भनिन्-'१५ दिनको लकडाउनलाई हेरेर म भन्न चाहन्छुु कि न्यूूूजिल्याण्डका जनताहरुले निकै धेरै राम्रो काम गर्नुुभएको छ । तपाई सबै मिलेर एकअर्कालाई सुुुरक्षा गर्नुुभयो । तपाईँहरुले धेरै ज्यान बचाउनुभयो यद्यपि म अझै स्पष्ट पार्न चाहन्छुु, हामीसामुु पूरै म्याराथुुन बाँकी नै छ ।'

कोरोनाभाइरससँग लड्नका लागि न्यूूजिल्याण्डसँग प्रमुुख २ हतियार छन् ,भौगोलिक स्थिति र सही समयमा निर्णय । फेब्रुुअरी २८ देखि न्यूूजिल्याण्डमा कोरोनाभाइरस संक्रमणको पहिलो मामला सामुु आएको थियो । जबकि अमेरिकामा ठीक एक महिनापछि कोरोनाभाइरसले प्रवेश गरेको थियो । 

मार्च २९ मा अमेरिकामा कोरोनाभाइरस संक्रमणको पहिलो मामला सामुु आएको थियो, तर त्यसपछि भने मृत्युुको सिलसिला रोकिएन । ओटेगा युुनिभर्सिटीमा पब्लिक हेल्थ डिपार्टमेन्टका प्रोफेसर माइकल बेकरले कोरोना भाइरसको रोकथाममा न्यूूजिल्याण्ड सरकारले मद्धत गरेको छ । उनले सीएनएनसँगको कुुराकानीमा भने-'मेरो विचारमा हामीसँग सोच्ने समय निकै पर्याप्त थियो र चीनको उदाहरणबाट पनि धेरै कुुरा सिक्यौं ।'

आकल्याण्ड युुनिभर्सिटीका माइक्रोबायोलोजिष्ट सियाँक्सी वाइल्सले भने-'न्यूूजिल्याण्ड एक आयरल्याण्ड हो र विश्वसँग अलग पनि छ । बाँकी देशहरुको तुुलनामा न्यूूजिल्याण्डमा धेरै कममात्र हवाईयात्रा हुुने गर्दछ ।' 

आर्डेनले यसलाई पनि प्लस पोइन्ट बताए । बिहीबार आर्डेनले भने-'भाइरस रोकथाममा न्यूूजिल्याण्ड आयरल्याण्ड हुुनुु अधिक सहयोगी सावित भयो । बेकर भन्छन्, यद्यपि असली कारणचाहिँ न्यूूजिल्याण्डमा वैज्ञानिक नजरिया र राम्रो नेतृत्व मिलेर यो महामारीमाथि काबूू पायौं ।' 

न्यूूजिल्याण्डले ठूूलो परिमाणमा परीक्षण गर्यो । आजको तारिखसम्म न्यूूजिल्याण्डले ५१ हजार १६५ परीक्षण गरेको छ । जबकि न्यूूजिल्याण्डभन्दा १३ गुुणा आवादी भएको देश यूूकेमा अहिलेसम्म २ लाख परीक्षण भए ।

बेकरले भने, सीमित संसाधनका बाबजूूद न्यूूजिल्याण्डको तुुलनामा अमेरिका र यूूकेजस्ता राष्ट कोरोनाभाइरसको चूूनौतीसँग लड्न सकेनन् जबकि यी देशहरुसँग विश्वकै महान वैज्ञानिकहरु छन् । 

बेकरले पुनः भने-'हामीलाई जे थाहा थियो त्यो विश्वलाई पनि थाहा थियो । विश्वलाई महसुुस भएको थियो कि एक सुुनामी छ, जसको गति ढिलो पार्नुुु हो । जहाँ यूूके प्रधानमन्त्री बोरिस जन्सनले आफ्ना नागरिकहरुलाई चेतावनी दिइरहेका थिए निकटस्थहरुलाई गुुमाउन तयार रहनुुपर्छ ।'

आर्डेनले भनेका छन्-'उनी जनताको भन्दा अर्थव्यवस्थालाई प्राथमिकता दिनेछिन् । आर्डेनले कोरोना भाइरसको खतरामा तुुरुन्त प्रतिक्रिया देखायो ।'

आर्डेनले मार्च १४ मा भनेका छन् कि देशमा आउने हरेक शंकास्पदलाई सेल्फ क्वारेन्टाइनमा राख्नुुपर्छ । विश्वभरि नै त्यो समयसम्म यस्तो कडा नियम लागूू गरिएको थिएन । 

न्यूूजिल्याण्डमा त्यसबेला कोरोनाभाइरस संक्रमणको केबल ६ मामला मात्र थियो । मार्च १९ मा जब आर्डेनले बिदेशीलाई आफ्नो देशमा प्रवेश प्रतिबन्ध गरे त्यहाँ केबल २८ मामला मात्रै थियो । 

मार्च २३ मा आर्डेनले ऐलान गरे कि देशमा लकडाउन लागूू गर्न गइरहेका छौं । लकडाउनको घोषणा समय १०२ मामला थियो र एकजनाको पनि मृत्युु भएको थिएन । 

वाइल्स भन्छन्,न्यूूजिल्याण्डमा हामीसँग धेरै आइसीयुु बेड छैनन् । यसकारण आर्डेनले चाँडै निर्णय लिए र कडा कदम उठाए । न्यूूजिल्याण्डमा कम मृृत्युुदरको पछाडि युवा आवादी पनि एक कारक हो । 

कोरोनाभाइरसले विश्वभरमा सबैभन्दा धेरै वृद्धवृद्धाको ज्यान गइरहेको छ । न्यूूजिल्याण्डमा कोरोनाभाइरसको पुुष्टि र सम्भावनाको मामलामा २५ प्रतिशत २० देखि २९ वर्षका बीच छ । जबकि १५ प्रतिशत ३० देखि ३९ वर्ष उमेरसमूूहका पर्छन् । 

अमेरिकामा २५ सय बिरामीमा भएको एक अध्ययनमा २९ प्रतिशत कोरोना संक्रमितको उमेर २० देखि ४४ वर्ष पाइएको छ । 'न्यूूजिल्याण्डका युुवा स्वस्थ पनि छन् र कोरोनाभाइरस रोकथाममा मद्धत पनि गरिरहेका छन्'-बेकर भन्छन् ।
एजेन्सी