नयाँदिल्ली । नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ । यस्तो बेलामा यूपीको आजमगढका एक नवदम्पत्ति विवाहपछि राजस्थान पुगे । राजस्थानमा यी नवदम्पत्तिको स्वास्थ्य जाँच भयो, तब थाहा भए दुवै दम्पत्ति कोरोना संक्रमित पो रहेछन् ।
यसपछि राजस्थानकै अस्पतालमा यो दम्पत्तिको उपचार भइरहेको छ । तर, अजमगढमा जहाँ उनीहरुको विवाह भएको थियो, त्यहाँ खैलबैला मच्चिएको छ ।
प्रहरीका अनुसार यो घटना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज गरिएको छ।
आजमगढका सिटी एसपी पंकज पाण्डेलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार अप्रील १४ मा यो गाउँमा बेहुलाबेहुली पहिला गाजीपुर गएका थिए र त्यहाँबाट कारको माध्यमबाट राजस्थान पुगे । यही गरिएको टेस्टमा उनीहरु दुवैमा कोरोना पोजिटिभ देखियो ।
दुलही छतरपुर गाउँकी बासिन्दा हुन् । प्रहरीले बेहुलीका सबै परिवारलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।
आजतकबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago