काठमाण्डौ। तपाइँले बिनास्ट्यान्ड खडा गर्न (अड्याउन) सकिने बाइक देख्नुभएको छ ? अब तपाइँ सोच्नुहोला बिनास्ट्यान्ड पनि कुनै बाइक खडा गर्न सकिन्छ र वा भन्नुहोला बिनास्ट्यान्डका बाइक पनि हुन्छन् र ?
हजुर यो सम्भव छ। यो सम्भव गरेको छ बीएमडब्ल्यू कम्पनीले। यो कम्पनीले बिनास्ट्यान्डको बाइक बजारमा ल्याएको छ। अर्थात् बिनास्ट्यान्ड पनि यो बाइक खडा राख्न सकिन्छ।
आउनुस् बीएमडब्ल्यूले ल्याएको बिनास्ट्यान्डको बाइकको थप जानकारी लिऔँ।
मोडिफाइड बाइक
निकै आकर्षक लुक भएको यो बाइक बीएमडब्ल्यू आर नाइन टी हो। जसलाई मोडिफाइड गरेर स्ट्यान्ड लेस बनाइएको छ। यसलाई रुसको कस्टमाइजर जिल्लरस ग्यारेजले कस्टमाइज्ड गरेको हो।
बेली प्यानमा अडिन्छ यो बाइक
बाइकको एल्युमिनियम फ्रेमलाई यस किसिमले कस्टमाइज्ड गरिएका छ कि यो आफ्नो बेली प्यानमा अडिन्छ। बाइकको कन्ट्रोल प्यानलमा जडित नुम्याटिक विचले यसलाई कन्ट्रोल गर्न सकिन्छ।
इन–हाउस डिजाइन
बीएमडब्ल्यूको यो कस्टमाइज्ड बाइकमा इन्जिनलाई छाडेर बाँकी सबै जिल्लर्स ग्यारेजले इन–हाउस डिजाइन गरेको हो र बनाएको पनि हो। यसमा फाइनल ड्राइभ आर्म र फ्रेमको समावेश गरिएको छ।
स्टोरेज कम्पार्टमेन्ट
यस किसिमको बाइकमा कुनै पनि स्टोरेज कम्पार्टमेन्टको आशा गरिन्न तर यसमा यो सुविधा छ। बाइकको पुच्छरमा लाइड आउट कम्पार्टमेन्ट रहेको छ। जसमा फोनका लागि चार्जिङ सर्किट पनि सुविधा दिइएको छ।
इलेक्ट्रोनिक्स
बाइकको ह्यान्डल्याम्प र टेल ल्याम्पको फ्रेममा इन्टिग्रेड गरिएको छ। फ्युल ट्यांकमा थुप्रै बटन दिइएका छन्, जसले लाइटसमेत अन्य कन्ट्रोलका लागि राखिएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19