Birat Laxmi Bikas Bank
काठमाण्डौ । विराटलक्ष्मी विकास बैंकले १८.५ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ ।
असोज १३ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
यो प्रस्ताव समेत नियामक नेपाल राष्ट्रबैंकको र कम्पनीको आगामी साधारणसभाबाट पारित हुनुपर्छ ।
विराटलक्ष्मी बैंकले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट गत वर्ष २५ प्रतिशत सेयर लाभांश वितरण गरेको थियो ।
यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १० करोड ११ लाख खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी ४२ करोड ५३ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ५० करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago