काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त भएपछि महाप्रसाद अधिकारीहरुले केही आन्तरिक सुधारका काम पनि थालेका छन् । 

यो क्रममा उनले केही विभाग र कार्यालयका नाम समेत परिवर्तन गरेका छन् ।

नेपाल राष्ट्रबैंकका अनुसार ७ वटा विभाग तथा कार्यालयका नाम परिवर्तन गरिएको हो । 

सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग बनाइएको छ । 

यस्तै, अनुसन्धान विभागलाई आर्थिक अनुसन्धान विभाग बनाइएको छ भने लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागको नाम परिवर्तन गरी लघुवित्त संस्था सुपरीवेक्षण विभाग बनाइएको छ । 

संस्थागत योजना विभागको नाम परिवर्तन गरी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग बनाइएको छ भने बैंकिङ कार्यालयको नाम परिवर्तन गरी बैंकिङ विभाग बनाइएको छ । 

यसैगरी, सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा बनाइएको छ भने उपत्यकाबाहिरका कार्यालयहरुको नाम परिवर्तन गरी ‘प्रदेशस्थित कार्यालयहरु’ बनाइएको छ ।