काठमाण्डौ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अमेरिकाको अर्थतन्त्र आधिकारिक रुपमा मन्दीमा गएको घोषणा गरिएको छ।

अमेरिकाको नेसनल ब्युुरो अफ इकोनोमिक्स रिसर्चले मंगलबार अमेरिकाको वर्तमानको संकुुचन र मापन तथा गम्भीरतालाई उद्धत गर्दे यस्तो घोषणा गरेको हो। ब्युुरोका अनुुसार अमेरिकामा आर्थिक मन्दी यो वर्षको फेबुु्रअरी महिनादेखि नै सुुरु भएको थियो। ब्युरोले कोरोना महामारीले अमेरिकाको रोजगार र आर्थिक क्रियाकलापलाई नराम्ररी प्रभावित पारेको जनाएको छ। 

यसका साथै अमेरिकी इतिहासमा करिब एक दशक लामो अवधिसम्म विस्तार भएको अमरिकी अर्थतन्त्रमा समेत महामारीको प्रभावले औपचारिक अन्त्य गरेको जनाइएको छ। तथापि अमेरिकी बजारले पुुनरागमन गर्ने क्रमलाई सोमबार पनि जारी नै राखेको छ। 

अमेरिकी लगानीकर्ताहरु केही आशावादी देखिएका छन्। वर्षको पहिलो तीन महिनामा अर्थतन्त्रमा ५ प्रतिशतको संकुचन देखिएपछि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने अनुुमान लगाइएको थियो। रोजगारदाताहरुले भाइरसको फैलावट रोक्न आर्थिक गतिविधिमा लगाइएको प्रतिबन्ध र नियन्त्रणका कारण धेरैजसो व्यापार व्यवसाय बन्द गर्न बाध्य भएकाले मार्च र अप्रिल महिनामा करिब २ करोडभन्दा धेरैले रोजगार गुुुमाएको बताएका थिए। 

काम गुुमाउनेको संख्या रोकिएको र अर्थतन्त्रमा पुुनरागमन देखिएका कारण केही अर्थशास्त्रीहरु भने आशावादी बनेका छन्। राज्यहरु पुुनः खुुल्न थालेपछि मे महिनामा मात्रै अमेरिकामा करिब २५ लाख रोजगार थपिएको थियो। 

निजी अनुुसन्धान संस्था नेसनल ब्युुरो अफ इकोनोमिक रिर्सचले अहिलेसम्मको कुुल अवधिभन्दा फेब्रुुअरी महिनामा देखिएको गिरावटको स्केललाई बढी महत्वपूर्ण मानेको उल्लेख गरेको छ। 

ब्युुरोले मन्दीलाई मूलभूत रुपमा केही महिनाभन्दा धेरै अवधिसम्म देखिएको आर्थिक संकुुचनका रुपमा ब्याख्या गरेको छ। ब्युुरोले सन् १९४८ यता १२ वटा मन्दीहरु घोषणा गरेको छ। यसमध्ये सबैभन्दा ठूलो आर्थिक मन्दी १८ महिनासम्म देखिएको थियो। यो मन्दी सन् २००७ डिसेम्बरदेखि सन् २००९ जुुन महिनासम्म देखिएको थियो। – एजेन्सी