nepal rastra bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका ५ कार्यकारी निर्देशकहरुको सरुवा भएको छ ।
राष्ट्रबैंकको गभर्नरको रुपमा महाप्रसाद अधिकारीले काम थालेपछि कार्यकारी निर्देशकहरुको सरुवा भएको यो नै पहिलो घटना हो ।
राष्ट्रबैंकस्थित स्रोतका अनुसार कार्यकारी निर्देशकहरु भूँवन कडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल र विश्रुत थापाको विभाग हेरफेर गरिएको हो ।
आन्तरिक लेखापरीक्षणमा रहेका भूँवन कडेलर्ला भुक्तानी प्रणालीमा सरुवा गरिएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षण विभागमा लगिएको छ ।
यसैगरी, भुक्तानी प्रणालीमा कार्यरत रेवती नेपाललाई सरुवा गरी मुद्रा व्यवस्थापन विभाग लगिएको छ भने वित्त कम्पनी सुपरीवेक्षण विभागका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागको जिम्मा दिइएको छ ।
यस्तै, मुद्रा व्यवस्थापनका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षणमा तानिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago