काठमाण्डौ । लकडाउनमा नेपाली कामदार कार्यरत मुलुकको आर्थिक गतिविधि समेत ठप्प भएका कारण नेपाल भित्रिने रेमिटान्समा निकै ठूलो झट्का लागेको छ ।
चालु आर्थिक वर्षको दश महिनाको अवधिमा नेपाल भित्रिने विप्रेषण ६.१ प्रतिशतले घटेको हो । नौ महिनाको अवधिसम्म विप्रेषण ४ प्रतिशतले मात्र घटेको थियो । विप्रेषणको यो घट्दो दरले भविष्यमा यसैमा आधारित मानिएको देशको अर्थतन्त्र कुन दिशातर्फ जान्छ भन्ने संकेत समेत देखिएको छ ।
लकडाउनका कारण आयात घट्दा यसको फाइदा पनि देशलाई भएको छ । यो अवधिमा देशबाट पैसा बाहिरिने क्रम न्यून भएका कारण शोधानान्तर बचमा उछालको अवस्था देखिएको छ ।
दश महिनाको अवधिसम्म शोधानान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिको समीक्षामा उल्लेख छ । चालु आबको ९ महिनासम्ममा ३६ अर्ब ६१ करोडले मात्र शोधानान्तर अवस्था बचतमा थियो । पेटोलियम पदार्थको न्यून आयात र अन्य वस्तुको आयात समेत ह्वात्तै घटेका कारण शोधानान्तर बचतको अवस्थामा उछालको अवस्था देखिएको हो ।
चालु आबको १० महिनाको अवधिसमा आयात १३ प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ । नौ महिनासम्म आयात ७.५ प्रतिशतले घटेको थियो भने निर्यात १२.९ प्रतिशतले बढेको थियो । आयातमा आएको उच्च गिरावटकै कारण शोधानान्तर बचतमा उत्साहजनक अवस्था देखिएको हो ।
दश महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । नौ महिनासम्म कुल विदेशी विनिमय सञ्चिति रु.११५५ अर्ब ९० करोड बराबर कायम भएको थियो ।
संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.७२५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.६०६ अर्ब ८२ करोड छ । नौ महिनासम्ममा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.६३८ अर्ब १ करोड र राजस्व परिचालन रु.५९०अर्ब ७६ करोड थियो ।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ । जबकि नौ महिनासम्म भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले बढेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago