काठमाण्डौ । आइएलएफसीओ माइक्रोफाइनान्स बित्तीय संस्थाले ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

असोज १६ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

बोर्डको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले स्वीकृत गर्नुपर्नेछ ।