काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ४०० रुपैयाँ गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला फाइन सुन ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
गत साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ तोलामै २५ रुपैयाँ घटेको छ। यो गिरावटसँगै चाँदीको भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको थियो।
गत शुक्रबार पनि चाँदीको भाउ १० रुपैयाँले घट्दै १ हजार ३७० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19