काठमाण्डौ । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे ।
कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जोखिमपूर्ण अहिलेको समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गरिने बैंकले प्रतिबद्धता जनाएको छ ।
सानिमा बैंकले ८० वटा शाखा, ८० वटा ए.टि.एम. तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago