काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साता भने सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ। गत साता प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार भने गत साताको तुलनामा ५०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साताभरि चाँदीको भाउ २० रुपैयाँले बढेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago