काठमाण्डौ । नेपाल राष्ट्रबैंकले यो वर्षको बडादशैंमा नयाँ नोट सटही सुविधा उपलब्ध नहुने प्रष्ट पारेको छ ।
आइतबार एक सूचना जारी गर्दै राष्ट्रबैंकको मुद्रण व्यवस्थापन विभागले कोभिड १९ को संक्रमणका कारण राष्ट्रबैंक, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु प्रताडित भएका र नयाँ नोट सटहीका नाममा भीडभाड बढ्न सक्ने भन्दै यो वर्ष नयाँ नोट सटही नगरिने बताएको हो ।
संभवत नेपालको इतिहासमै पहिलोपटक बडादशैंमा राष्ट्रबैंकले नयाँ नोट उपलब्ध नहुने यस्तो घोषणा गरेको हो ।
दशैं र नयाँ नोट एकअर्काका पर्याय मानिँदै आएको छ । तर, नोटबाट समेत कोरोना संक्रमण हुनसक्ने संभावना प्रवल रहने विज्ञहरुले बताउँदै आएका छन् । त्यसमाथि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना तीव्र गतिमा फैलिन थालेपछि त्यहाँ नोट साट्ने नाममा भीडभाड गरे जोखिम बढ्ने उल्लेख गर्दै यो वर्ष राष्ट्रबैंक वा मातहतका कुनै कार्यालय वा बैंक तथा वित्तीय संस्थाहरुका शाखाबाट पनि पनि दशैं प्रयोजनका लागि नयाँ नोट सटही नहुने सूचनामा उल्लेख छ ।
राष्ट्रबैंकले विगत केही दिनअघिदेखि नै यो विषयमा अनौपचारिक जानकारी दिइरहेको थियो । केन्द्रीय बैंकका अधिकारीहरुले दशैंमा डिजीटल माध्यमलाई उपयोगमा ल्याउन समेत सर्वसाधारणहरुलाई आग्रह गरिरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago