काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो (कात्तिक १३ गते) बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुका लागि जारी गरिने बैंकले जनाएको छ। 

बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २२.५ नगद लाभांश वितरण गरेको थियो। त्यसअघिको आर्थिक वर्ष २०७४/७५ मा १७.५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७३/७४ मा भने सतप्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।