काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभा आज बिहीबार डाकिएको।

सभा पोखराको होटल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ। यसअघि गत असोज १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत कात्तिक ६ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा स्थगित गरेको थियो।

सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि बाटो खुला गर्ने प्रस्तावहरु पारित हुनेछन्।

बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा चुक्तापुँजीको ७.०३ प्रतिशतले हुन आउने बोनस सेयर र ३.३७ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले यसअघि नै असोज २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ असोज २१ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।