काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।
दुवै लघुवित्तबीच हिजो सोमबार प्राप्ति गर्ने समझदारी बनेको हो। समझदारीपत्रमा गाभ्ने, गाभिने वा प्राप्ति समितिका संयोजकहरु इन्फिनिटीका तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोका तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।
पोखराको विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त हो। नवलपुरको गैंडाकोटस्थित इन्फिनिटी भने २५ जिल्लाभन्दा बढी कार्यक्षेत्र भएको लघुवित्त हो।
यी दुवै लघुवित्त नेप्सेमा सूचीकृत संस्था हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19