काठमाण्डौ । रुपन्देही जिल्लाको तिलोत्तमास्थित योगीकुुटी हाटबजारमा माछापुुच्छ्रे बैंकले क्यूआर कोड सेवा सुरु गरेको छ ।
चैत ५ गते बिहीबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुुदिप फुुयाँलले उक्त स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।
सो सेवा सुरुवात भएसँगै उपभोक्ताले उक्त हाटबजारबाट आफूले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा बिस्तार गर्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19