काठमाण्डौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयात रोक्ने निर्णय गरेको छ।
निषेधाज्ञाका कारण प्रमुख सहरहरुमा सुनको कारोबार नहुने भएकोले महासंघले बैंकमार्फत हुने आयात रोक्ने निर्णय गरेको हो। भोलिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुँदैछ भने कतिपय अन्य सहरमा लागू भइसकेको छ।
महासंघका अनुसार अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ।
निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ। यो अवधिभर सुनको कारोबार मूल्य भने तोक्ने काम जारी नै रहने महासंघले प्रस्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19