काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज बुधबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार तोलामा ९०० रुपैयाँ बढेको सुनको भाउ सोमबार भने ३०० रुपैयाँले उकालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले ओरालो लागेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँ बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19