 
                     
                                
                             
                                    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असार ६ गते) डाकिएको छ।
वार्षिक साधारणसभा बाराको सिमरास्थित होटेल इच्छामामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ६०ः४० प्रतिशत रहेको छ।
सभामा गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायत महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ भने सञ्चालकहरुको चयन पनि गरिनेछ।
यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण स्थगित गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19