काठमाण्डौ । सुनको भाउ मंगलबार पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ पुगेको छ।
लगातार घटिरहेको सुनको भाउ हिजो सोमबारबाट पुनः उकालो लाग्न थालेको हो। हिजो पनि तोलामा ४०० रुपैयाँ बढेर फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19