काठमाण्डौ । डिप्रोक्स लघुवित्तमा विलय हुन लागेको नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८३६९.१११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि २७०६.०५ प्रतिशत २४ करोड ३८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८६ लाख ९१ हजार रुपैयाँ रहेको छ। 

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेर ४७ करोड ५७ लाख रुपैयाँ बढी पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २५ करोड ३६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ९७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ५१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ६५.७५ प्रतिशतले बढेर ३६ करोड ७२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड १५ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३८.७५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९०.७१ रुपैयाँ रहेको छ।