काठमाण्डौ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँ पुगेको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार १९५ रुपैयाँ पुगेको छ। हिजो तोलामा २५ रुपैयाँ घटेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19