काठमाण्डौ । कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा बेलायतमा कामदाको चरम अभाव भएको छ।
खासगरी बेलायतको खाद्य उत्पादन तथा सुपरमार्केट, म्यक्डनल्स र रेस्टुराँहरुमा कामदारको अभाव भएको हो। यसरी अभाव हुनको प्रमुख कारण भने केही समयपहिले बेलायत युरोपियन युनियनबाट बाहिरिनु नै रहेको छ। बेलायतमा अहिले युरोपबाट काम गर्न आउन नागरिकलाई कडा अध्यागमन नीति ल्याइएको छ। जसका कारण युरोपबाट आएका कामदारहरुले धमाधम बेलायत छाड्न थालेपछि कामदारको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
खाद्य उत्पादन तथा आपूर्तिमा कामदार अभाव भएकै कारण म्याकडनल्सले ‘मिलसेक’ आफ्नो मेनुबाट हटाएको छ। त्यसैगरी नान्दोजले पनि उसको प्रमुख म्यानु पेरी–पेरी चिकेनमा प्रयोग हुने ‘सिग्नेचर डिस’ अभावका कारण ४५ वटै रेस्टुराँ बन्द गरेको छ।
कामदार अभावकै कारण बेलायतको राष्ट्रिय चिकेन उत्पादन संस्थाले १० प्रतिशत उत्पादन कटौती गरेको छ। त्यहाँ १६ प्रतिशत कामदारको अभाव भएको जनाइएको छ।
योसँगै बेलायतमा आउँदै गरेको पर्व क्रिसमस कामदार अभाव र खाद्य आपूर्तिकै कारण प्रभावित हुने देखिएको छ।
बेलायतमा यसरी कामदार अभाव हुनुको मुख्य कारण भने बे्रक्जिट नै रहेको ब्रिटिस पोल्ट्री काउन्सिलले जनाएको छ।
हालसम्म १ लाखभन्दा बढी ट्रक चालक तथा हस्पिटालिटी क्षेत्रमा काम गर्ने विदेशी कामदारले बेलायत छाडेको समाचार संस्थाहरुले जनाएका छन्। यसको सीधा प्रभाव सुपरमार्केट तथा यातायत क्षेत्रमा परेको छ।
ब्रेक्जिटपछि बेलायतले कामदार अभाव हुन सक्ने भन्दै सन् २०२१ को सरुबाटै प्वइन्ट बेस सिस्टम लागू गरेको छ। बेलायतले एसियालीलगायत अन्य मुलुकबाट कामदार लैजान सहज हुने भन्दै नयाँ नियम ल्याएको थियो। जुन कोभिडका कारण प्रभावित भएको छ।
यो नियमअन्तर्गत हस्पिटालिटीमा सेफ तथा हस्पिटलमा नर्सजस्ता दक्ष कामदार बेलायत जान सक्छन्। – एजेन्सीको सहयोगमा
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19