काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामै ३५ रुपैयाँले उकालो लागेर १ हजार २३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19