काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ ३८.८६ प्रतिशतको प्रगति हासिल गरेको छ । 

बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १९ लाख खूद नाफा भएकोमा यो वर्ष सोही अवधिमा ४ करोड ४३ लाख नाफा भएको छ । 

अघिल्लो वर्षको सो अवधिमा ८ करोड ६५ लाखमा सीमित रहेको खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष १४ करोड १२ लाखको उचाईमा पुगेको छ । 

यो विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब ९४ करोड निक्षेप संकलन गरी ९ अर्ब ८० करोड कर्जा प्रवाह गरेकोछ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८ अर्ब ५२ करोड निक्षेप संकलन गरी ६  अर्ब ६० करोड कर्जा प्रवाह गरेको थियो । 

नाफामा वृद्धि गरे पनि निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो वर्ष ०.४७ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष ०.८४ प्रतिशतमा पुगेको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको प्रति सेयर आम्दानी रु.१६.५२, प्रतिसेयर नेटवर्थ १३९.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.५६ गुणा कायम भएको छ ।