काठमाण्डौ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८ लाख ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाका माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ।
दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रु. २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन्।
महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ।
शुभारम्भ कार्यक्रममा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने, ‘नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको अजेन्डा अपनाएको छ। नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री ह्विलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको छ। महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरु केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ।”
ट्रियो ठूलोमात्र नभई विद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २ हजार ७३ मिलिमिटर ह्विलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक अब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ। यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरुको विस्तृत जानकारी प्रदर्शन गर्दछ।
महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरुका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।
महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरु
१. पेट्रोल थ्री ह्विलरको तुलनामा बढी बचत गर्ने
२. उत्कृष्ठ पर्फेमेन्स
३. उन्नत लिथियम आयोन ब्याट्री
४. थकानमुक्त ड्राइभिङ अनुभव
५. आकर्षक डिजाइन
६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि
७. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म
८. अन्य विशेषताहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19