काठमाण्डौ । आईपीओमार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड (एलआईसी) को केवल ५ प्रतिशत स्वामित्वमात्रै बिक्री गर्ने तयारी गरिएको छ।
भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एलआईसीको आईपीओ बिक्रीबाट ४० हजारदेखि ५० हजार करोड भारतीय रुपैयाँ प्राप्त हुने विश्वास रहेको छ। यसअघि एलआईसीको १० प्रतिशत स्वामित्व बिक्री गर्ने योजना रहेको थियो।
भारत सरकारले चालु आर्थिक वर्षमा सरकारी कम्पनीहरुको स्वामित्व बिक्रीबाट पैसा जुटाउने लक्ष्य घटाएको छ। कम्पनीहरुको स्वामित्व बिक्रीबाट आउने पैसा ७८ हजार करोड भारतीय रुपैयाँमा खुम्चाइएको हो। अघिल्लो आर्थिक वर्षमा यो लक्ष्य १.७५ लाख भारतीय रुपैयाँ थियो। कम्पनीहरुको स्वामित्व बिक्रीबाट भारत सरकारले अहिलेसम्म केवल १२ हजार करोड भारतीय रुपैयाँ मात्रै जुटाएको छ।
यस्तोमा अब ७८ हजार करोडको लक्ष्य भेट्टाउनका लागि भारत सरकारलाई केवल ६०–६५ करोड भारतीय रुपैयाँमात्रै आवश्यक छ। एलआईसीका अलावा दुई अन्य कम्पनीहरुको स्वामित्व बिक्रीबाट यो लक्ष्य पूरा हुने देख्न्छि।
एलआईसीको आईपीओ आगामी मार्च महिनासम्ममा जारी गरिने विश्वास गरिएको छ। यसबाट कुल लक्ष्य पूरा नभए पनि नयाँ लक्ष्य भने पूरा हुने जनाइएको छ।
भारत सरकारले एअर इन्डियाको बिक्री प्रक्रियालाई गत जनवरी महिनामा पूरा गरिसकेको छ। यस आधारमा एलआईसीबाट केवल ५० हजार करोड भारतीय रुपैयाँमात्रै जुटाउने लक्ष्य लिइएको जनाइएको छ। यसअघि यो लक्ष्य १ लाख करोड भारतीय रुपैयाँ थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19