काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।