काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।
रुसले युक्रेनमाथि सैन्य आक्रामण गरेसँगै कच्चा तेलको मूल्य उकालो लागेको हो। आयल प्राइस डटकमका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलर पुगेको छ।
विश्व बजारमा आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । जब रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्यो तब एकाएक कच्चा तेलको मूल्य आकासिएको हो।
रुस र युक्रेनबीच बढ्दो तनावका कारण कच्चा तेलको मूल्य अझै बढ्न सक्ने विज्ञहरु बताउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago