काठमाण्डौ। रुस र युक्रेनबीचको द्वन्द्व चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ।
बुधबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ११० डलर पुगेको छ। जुन सात वर्षयताकै उच्च हो।
त्यस्तै डब्ल्यूटीआई पनि ४.८८ प्रतिशतले बढेर १०८.६४ डलर पुगेको छ। युक्रेन र रुसबीचको लडाइँ अहिले तेल उत्पादन क्षेत्रहरुमा फैलिएको छ। जसले आपूर्ति प्रभावित हुने डर बढाएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेरिका र उसका सहयोगीहरुले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। जसले व्यापक प्रभाव पार्न सक्छ। यसले रुसबाट हुने निर्यातमा असर पर्ने देखिएको छ।
रसिया विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। पूर्वी युरोपमा द्वन्द्व बढ्दै गएपछि तेलको मूल्य दबाबमा परेको छ।
यसैबीच कोरोना महामारीबाट शिथिल बनेको विश्व अर्थतन्त्र उठ्दै गर्दा तेलको माग पनि बढिरहेको छ। यही कारणले कच्चा तेलको मूल्य बढेको बताइएको छ।–एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago