काठमाण्डौ । रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा बढ्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ। जुन हिजोको तुलनामा ३.५ प्रतिशतको बढी हो। यो सन् २०१४ यताकै उच्च पनि हो।
विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ। धेरै ग्यास निर्यात गर्ने देशमा भने रुस दोस्रो स्थानमा छ।
विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ।
डब्ल्यूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19